गल्याङस्टोनलाई भेलोसिटी फुटसल उपाधि


काठमाडौं, (नेस) ।

ग्ल्याङस्टोन एकेडेमीले दोश्रो भेलोसिटी अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।
हरहरमहादेव इभेन्ट्स एन्ड स्पोट्र्समा भएको फाइनलमा गल्याडस्टोनले स्वस्तिश्री गुरुकुललाई ४–० गोलले पराजित ग¥यो । प्रशान्त श्रेष्ठ र आरिक पौडेलले समान २–२ गोल गरे ।

द भेलोसिटी स्कुलद्वारा आयोजित प्रतियोगितामा नव ज्ञान पाठशालालाई ३–० गोलले हराएर चेल्सी वल्र्ड स्कुल तेस्रो स्थानमा रह्यो । टोलीका लागि अभिषेक ढकाल, रायन श्रेष्ठ र फुर्वा छिरिङ शेर्पाले समान १–१ गोल गरेका थिए । डिफेन्डिङ च्याम्पियन विद्यावाणी पाठशाला भने क्वार्टरफाइनलमै रोकिएको थियो ।