निशाको लाली

लपक्कै सारी सपक्कै


गायिका निशा सुनारले हरितालिका तीजको अवसर पारेर नयाँ तीज गीत लाली लपक्कै सारी सपक्कै सार्वजनिक गरेकी छिन्।
निशा सुनार र प्रकाश सपुतको स्वरमा तयार भएको गीतमा प्रकाश सपुतकै शब्द र संगीत छ। सार्वजनिक भिडियोमा प्रकाश सपुतस“गै उनकी श्रीमती बिन्दु बोहरा र नायिका निरुता सिंहले नृत्य गरेका छन्।

गायिका निशा सुनार पनि भिडियोमा विशेष भूमिकामा प्रस्तुत भएकी छिन्।
सुनिल विकको निर्देशनमा तयार भएको भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी छ। हरि हुमागाईंले छाया“कन गरेको भिडियोको सम्पादन प्रवीण भट्टले गरेका हुन्। गीतको विशेष आकर्षणका रूपमा प्रकाश सपुत र बिन्दु बोहराको जोडीलाई हेरिएको छ। गायक तथा मोडल प्रकाश र उनकी श्रीमती बिन्दुले पहिलोपटक एकसाथ म्युजिक भिडियोमा अभिनय गरेका हुन्।

यस्तै, नायिका निरुता सिंहले पनि निकै कम म्युजिक भिडियोमा अभिनय गर्दै आएकी छिन्। गीत आफूलाई निकै कर्णप्रिय लागेकाले भिडियोमा काम गरेको निरुताको भनाइ छ।