गायिका अञ्जु श्रेष्ठले यसपटक पनि आफ्नो तीज कोसेली सार्वजनिक गरेकी छन्। उनको स्वरमा एक वर्षमा एक चोटी बोलको तीज गीत सार्वजनिक गरिएको हो।
रसुवा भोटेकोशी बाढीका कारण देशको संवेदनशील अवस्थाले आफूलाई भावनात्मक रूपमा प्रभावित बनाएको अवस्थामा गीत सार्वजनिक तयारीदेखि यसको भिडियो छाया“कनसम्म भइसकेकाले सार्वजनिक गरेको उनले बताइन्। ‘गीत ल्याउने तयारी गरिरहेकै बेला रसुवामा बाढी आयो। मनले गीत सार्वजनिक गर्न मानेको थिएन। तर सबै तयारी भइसकेको र भिडियोको छाया“कनसमेत भइसकेकाले बाध्यताका बीच गीत सावजनिक गरेकी हुँ’ अञ्जुले भनिन्। गीतको भिडियोमा अञ्जुले नृत्यसमेत गरेकी छन्। भिडियोमा उनलाई डिम्पल नगरकोटीले साथ दिएकी छन्। भिडियोको कोरियोग्राफी तथा निर्देशन मौसम हिमालीले गरेका हुन्।
गंगामाया श्रेष्ठद्धारा निर्मित गीतको भिडियोको छाया“कन दिनेश पराजुलीले गरेका छन् भने मनोज कार्कीले सम्पादन तथा कलर गरेका छन्। गीतमा शब्द रचना दीपक शर्मा र निशान साउद, संगीत दीपक शर्मा तथा मिक्सिङ र मास्टरिङ नरेन्द्र वियोगीको रहेको छ। हरेक वर्ष तीजलाई लक्षित गर्दै गीत ल्याउ“दै आएकी अञ्जुले यसपटक भने उत्सवभन्दा परिस्थितिको संवेदनशीलतालाई प्राथमिकतामा राखेकी छन्।












प्रतिक्रिया