अत्यधिक ज्वरो आएपछि गृहमन्त्री गुरुङ छाउनी अस्पताल भर्ना


काठमाडौं ।

गृहमन्त्री सुधन गुरुङ बिरामी भएपछि काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका छन्। अत्यधिक ज्वरो आउनुका साथै शरीरभरि दाबर देखिएपछि उनलाई उपचारका लागि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको बताइएको छ। भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीपछि राहत, उद्धार तथा प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङ निरन्तर खटिँदै आएका थिए।

लगातारको व्यस्तता र दिनरातको खटाइका कारण उनको स्वास्थ्यमा समस्या देखिएको बताइएको छ। हाल उनको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका चिकित्सकहरूको एक टोलीले उनको स्वास्थ्य अवस्थाको निगरानी गर्दै उपचार गरिरहेको बताइएको छ। गृहमन्त्री गुरुङको स्वास्थ्य अवस्था र उपचारसम्बन्धी थप विवरण आउन बाँकी रहेको छ।