निर्मलाको माइतीको आँगन


हरितालिका तीज नजिकिँदै गर्दा तीज गीत सार्वजनिक हुने क्रम बढेको छ। यही क्रममा निर्मला घिमिरे निरूले आप्mनै आमाको सम्झना र एकल आमाको संघर्षलाई समेटिएको तीज गीत माइतीको आँगन सार्वजनिक गरेकी छन्।

सार्वजनिक गीतमा वर्षौंदेखि माइती पुग्न नपाएकी एक छोरीले आप्mनी आमालाई सम्झिएको भाव प्रस्तुत गरिएको छ। बाबुको अनुपस्थितिमा आमाले एक्लै दुःख गरेर छोरी हुर्काएको कथा गीतको मुख्य भाव बनेको छ। तीजको रमझमसँगै आमाछोरीबीचको प्रेम, त्याग र बिछोडलाई गीतले भावनात्मक रूपमा प्रस्तुत गरेको छ।

सुमन पण्डितको शब्द र संगीत रहेको गीतमा अशेष अधिकारी संगीत निर्माता तथा रमेश सेन्चुरी संगीत संयोजक रहेका छन्। गीतको भिडियो नृत्य निर्देशक कमल राईले निर्देशन गरेका छन्। भिडियोमा झरना रिसाल र दिप्सा कार्कीले नृत्य गरेका छन्। शिव ढकालले छायांकन गरेको भिडियोमा सम्पादन रामप्रसाद चौधरीको रहेको छ।