काठमाडौं, (नेस) ।
इस्टपोलले ३२ औं स.बल ज्ञान कार्निभलअन्तर्गत गल्र्स फुटबलमा बिहीबार जित हात पारेको छ ।
इस्टपोलले लिटिल एन्जल्स (एलए) लाई २–० गोलले पराजित ग¥यो । रिटछेन तामाङ र माया तामाङले गोल गरे । आयोजक ज्ञानोदय बालवाटिका र त्रियोगले गोलरहित बराबरी खेले ।
ब्वाइज फुटबलमा डिएभीले मल्पीलाई १–० गोलले हरायो । डिक्सनले निर्णायक गोल गरे । एलएले राई स्कुलमाथि १२–० को सहज जित दर्ता ग¥यो । अक्षय श्रेष्ठले ३, दिपेश थान्जु, अन्सिप मगर र अर्नव राईले २–२ तथा जिमी लामा, रुपम ओली र मेसी राईले समान १–१ गोल गरे ।
गल्र्स बास्केटबलमा रातो बंगलाले डिएभीलाई २२–२१ तथा ज्ञानोदयले एलएलाई ३३–१२ ले पाखा लगाए । रातो बंगलाकी आयषा जफरले ७ तथा ज्ञानोदयकी सुवेक्षा वज्राचार्यले १४ स्कोर गरे ।
ब्वाइज बास्केटबलमा ज्ञानोदयले डिएभीलाई ४१–२९ तथा मल्पीले जेम्सलाई ३३–२३ ले पन्छाए । ज्ञानोदयका रणवीर बस्ताकोटी र मल्पीका कुशल गुरुङले समान १४–१४ अंक बटुले ।












प्रतिक्रिया