काठमाडौं।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो २ बजे सम्म १ हजार २ सय ५२ जनाको शव फेला परेको छ ।
जसमध्ये रसुवामा १ सय २७ जना, नुवाकोटमा १ सय ७७ जना, धादिङमा ६० जना, चितवनमा ३ सय ५५ जना, गोरखामा ६९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय १८ जना र नवलपरासी पश्चिम १ सय ९० जना र भारतमा भेटिएको (नवलपरासी पश्चिममा बुझाएको) १८ गरी १ हजार २ सय ५२ जनाको शव फेला परेको हो । ९५ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ ।
फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म २ सय १३ महिला, ३ सय १४ पुरूष र ३ सय ७० नखुलेको गरी जम्मा ८ सय ९७ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । साथै पहिचान नभएको ९ सय ६० वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ८ सय ७५ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार १ सय ३ जना व्यक्तिहरूलाई राखिएको छ ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।












प्रतिक्रिया