काठमाडौं ।
चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव रविलाल शर्माले पाएका छन् ।
अध्यक्ष नियुक्त नभएसम्म बोर्डको कामकाज सञ्चालन गर्ने गरी शर्मालाई जिम्मेवारी दिइएको हाे। मंगलबार भएको मन्त्रीस्तरीय निर्णयबाट शर्मालाई बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको शर्माले बुधबारदेखि बोर्डको कार्यभार सम्हालेका छन् ।
मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया चाँडै सुरु गर्ने तथा खुला प्रतिस्पर्धाबाट अध्यक्ष नियुक्त गर्ने तयारी रहेको बताइएकाे छ।
यसअघि बोर्डको अध्यक्ष रहेका दिनेश डीसीको कार्यकाल ११ भदौमा सकिएपछि अध्यक्ष पद रिक्त रहेको थियो । उनको कार्यकाल सकिएसँगै बोर्डको अध्यक्ष पदमा नयाँ नियुक्ति हुन बाँकी छ ।












प्रतिक्रिया