गरिमा विकास बैंकको रोड रेस सम्पन्न


काठमाडौं।

गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजित तेस्रो संस्करणको ‘गरिमा रोड रेस २०८३’ सम्पन्न भएको छ । शनिवार आयोजित प्रतियोगितामा खुला र कर्पोरेट विधाका महिला तथा पुरुष गरी १ हजार ४०० भन्दा बढी धावक सहभागी भएका थिए । खुलातर्फको १० किलोमिटर दौडमा पुरुषतर्फ तीर्थकुमार पुनले ३१ मिनेट ५० सेकेन्ड र महिलातर्फ राज्य रावलले ३९ मिनेट ५४ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरे ।
त्यस्तै, कर्पोरेटतर्फको ५ किलोमिटर दौडमा पुरुषतर्फ ईश्वर बुढाथोकीले १९ मिनेट २८ सेकेन्ड र महिलातर्फ दिव्या विष्टले २६ मिनेट ५७ सेकेन्डमा दूरी पूरा गर्दै पहिलो स्थान हासिल गरे ।

खुला विधाका विजेताले ५० हजार र कर्पोरेट विधाका विजेताले ३० हजार रुपियाँँ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । दुवै विधामा प्रथमदेखि पाँचौँ स्थानसम्मका प्रतिस्पर्धीलाई नगद पुरस्कार प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकका अध्यक्ष दिलीपप्रताप खाँडलगायत सञ्चालक, शेयरधनी, कर्मचारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिको उपस्थितिमा प्रतियोगिता सम्पन्न भएको हो । बैंकले २०औँ वार्षिकोत्सवको अवसरमा मंसिर ७ गते देशका नौ स्थानमा रक्तदान कार्यक्रमसहित विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा योगदान पु¥याउने उद्देश्यले सहयोग कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।