काठमाडौं ।
भोटेकोशी बाढीको असरलाई मध्यनजर गर्दै फिल्म ‘ककाकिकी’को प्रदर्शन मिति पछि सारिएको छ।
निर्माता कम्पनी माया इन्टरटेनमेन्ट स्टुडियोले एक विज्ञप्ति जारी गर्दै आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने भनिएको फिल्म तत्कालका लागि स्थगित गरिएको जानकारी दिएको हो।
देशका विभिन्न क्षेत्रमा विपत्तिका कारण दुःखद अवस्था सिर्जना भएकाले अहिले मनोरञ्जनात्मक गतिविधि अघि बढाउनु उचित नलागेको निर्माण पक्षले जनाएको छ। त्यसैकारण फिल्मको प्रदर्शनसँगै प्रचारप्रसारका कार्यक्रम पनि रोकिएको बताइएको छ।
निर्माण पक्षका अनुसार अब ‘ककाकिकी’ आगामी ११ मंसिरबाट दर्शकमाझ ल्याइनेछ।
श्रद्धा प्रसाईंको निर्देशन रहेको फिल्म ‘ककाकिकी’को नयाँ प्रदर्शन मितिसँगै प्रचारप्रसारका गतिविधि पनि पुनः अघि बढाइने निर्माण पक्षले जनाएको छ।











प्रतिक्रिया