काठमाडौं ।
नेपाल–चीन सीमाक्षेत्रमा पहिरोका कारण थुनिएर बनेको ताल करिब १ लाख वर्गमिटर क्षेत्रफलमा फैलिएको चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ।
सीजीटीएनका अनुसार अगस्ट २९ सम्म एन्नेङ ग्रुपले गरेको अनुगमनमा तालको क्षेत्रफल करिब १४ वटा मानक फुटबल मैदान बराबर रहेको पाइएको हो। तालको अवस्था हाल नियन्त्रणमा रहेको जनाइएको छ।
यसैबीच, उक्त स्थानभन्दा करिब ५ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा अर्को बाँध ताल (ताल–२) समेत पहिचान गरिएको छ। भदौ १० गतेको भीषण बाढीपछि चिनियाँ पक्षले सीमाक्षेत्रमा थप जोखिमबारे निरन्तर अध्ययन तथा अनुगमन गरिरहेको जनाएको छ।











प्रतिक्रिया