युट्युबमा पहिलो शृंखलाले आक्रामक भ्यूज बटुलिरहेका बेला झिंगे दाउको दोस्रो भागले तीजलाई लक्षित गर्दै नया आकर्षण थपेको छ। ओएसआर डिजिटलबाट सार्वजनिक भएको झिंगे दाउलाई दुई दिन नबित्दै २१ लाखभन्दा बढी पटक हेरिएको छ भने झिंगे दाउ २ को शीर्ष गीतको छायांकन सकिएको छ।
युट्युबमा दर्शकको उत्साहजनक प्रतिक्रिया पाइरहेको पहिलो भागले डिजिटल प्लेटफर्ममा पनि राम्रो प्रभाव छाडिरहेको छ। हल प्रदर्शनका क्रममा बक्स अफिसमा समेत सुखद् कमाइ गरेको फिल्मको सफलतासगै दोस्रो भागप्रति दर्शकको चासो बढिरहेको निर्माण पक्षको दाबी छ। झिंगे दाउ २ का लागि छायांकन गरिएको तीज विशेष गीतमा अभिनेत्री केकी अधिकारी र आ“चल शर्मा मुख्य आकर्षण बनेका छन्। रातो सारीमा सजिएका उनीहरू मादल बजाउ“दै नाच्नुका साथै जेठानी–देउरानीको भूमिकामा आपसमा झगडा गर्दै देखिनेछन्। गीतले पारिवारिक सम्बन्धभित्रको रमाइलो टकरावलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गर्ने जनाइएको छ।
गीतमा बाबुल गिरीको शब्द र संगीत रहेको छ भने एलिना चौहान र रचना रिमालले स्वर दिएका छन्। रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोले दर्शकबाट राम्रो साथ पाउने विश्वास केकी र आचल दुवैको छ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको झिंगे दाउ २ असोज २ गते रिलीजमा आउनेछ। कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा सुलभ प्रतिक देउजा र समीक्षा देउजाद्वारा निर्मित फिल्ममा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सहनिर्माता हुन्।
केकी र आ“चलस“गै महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउ“वाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाललगायतको अभिनय रहेको फिल्ममा परिच्छेद सेनको पटकथा र संवाद, गोविन्द फुया“ल र शिशिर चालिसेको लेखन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन, विष्णु घिमिरे ‘कल्पित’ को डीओपी र मित्र डी गुरुङको सम्पादन रहेको छ।











प्रतिक्रिया