
स्वर्गीय दुर्गालाल दाइका विषयमा कसरी लेखौँ, के लेखौँ भन्ने भइरहेको छ । उहाँलाई सम्झँदा मनमा धेरै भावना एकैसाथ आउँछन् । दुःख पनि लाग्छ, तर त्यसभन्दा धेरै उहाँप्रति कृतज्ञताको भावना जागेर आउँछ ।
मलाई कहिलेकाहीँ लाग्छ, उहाँसँग मेरो पूर्वजन्मदेखि नै पक्कै पनि कुनै गहिरो कार्मिक सम्बन्ध हुनुपर्छ । यस जन्ममा मैले दुर्गालाल दाइलाई भेट्न पाउनु मेरो जीवनको ठूलो वरदान हो । उहाँसँग भेट भएकै कारण मैले जीवनमा एउटा सुन्दर बाटो पाएकी छु भन्ने महसुस हुुन्छ ।
उहाँको रचनाको गीतका कारण आज म नेपाली समाजमा गायिकाका रूपमा चिनिन सकेकी छु । अझ भन्नु पर्दा उहाँकै गीतले मलाई संसारभर चिनाएको छ र मेरो एउटा आप्mनै पहिचान बनेको छ। यस यात्रामा दुर्गालाल दाइको योगदान र उहाँका सिर्जनाको भूमिका अत्यन्तै महत्वपूर्ण छ । उहाँको रचनाको गीत गाउने अवसर पाउनु मेरा लागि केवल सांगीतिक अवसरमात्र थिएन, त्यो मेरो जीवनलाई नै अर्थपूर्ण बनाउने एउटा माध्यम पनि थियो ।
उहाँका गीत–संगीतमार्फत मैले समाजलाई केही सेवा वा योगदान गर्न सकेकी छु । जुनसुकै रूपमा भए पनि मानिसहरूका लागि केही गर्न पाएकी छु भन्ने अनुभूति हुन्छ । गीत–संगीतमार्फत मानिसहरूको मनलाई आनन्दित तुल्याउन सकेकी छु, उनीहरूलाई आप्mनै धुनमा रमाउने वातावरण दिन सकेकी छु ।
मेरो स्वरमा उहाँका शब्दहरू पाउँदा ती शब्दहरूले धेरै मानिसको मन छोएका छन् । गीत–संगीतले मानिसको मनलाई छुने, उनीहरूलाई आनन्द दिने र जीवनका विभिन्न क्षणमा साथ दिने सामथ्र्य राख्छ । मैले पनि यही माध्यमबाट मानिसहरूसँग जोडिने अवसर पाएकी छु ।
गीत–संगीतबाट प्राप्त आर्थिक स्रोतलाई पनि मैले आप्mनो समाज, आप्mनो देश र आप्mना मानिसहरूका लागि केही गर्ने माध्यम बनाउन सकेकी छु । दुःखमा परेका, समस्यामा रहेका मानिसहरूलाई आप्mनो तर्फबाट सकेको र आप्mनो क्षमताअनुसार सेवा गर्न सकिरहेकी छु ।
मलाई लाग्छ, मेरो जीवनलाई यी सबै कुराले सार्थक बनाइरहेका छन् । र, यस यात्राको एउटा महत्वपूर्ण आधार दुर्गालाल दाइ हुनुहुन्छ ।
अब उहाँले भौतिक शरीर त्याग्नुभएको छ । उहाँले यो संसारबाट शरीर छोडेर जानुभयो भन्ने यथार्थलाई स्वीकार गर्दा स्वाभाविक रूपमा मन दुःखी हुन्छ । मानवीय संवेदनाका हिसाबले उहाँ हामीबीच नहुनु अत्यन्तै पीडादायी कुरा हो ।
दुर्गालाल दाइ अब भौतिकरुपमा हामीबीच हुनुहुुन्न । तर उहाँ आप्mना रचनाहरूमार्फत सधैँ जीवित रहनुहुनेछ । उहाँ अमर हुनुहुनेछ । उहाँले लेख्नुभएका गीतहरू, उहाँका शब्दहरू र उहाँका सिर्जनाहरूले उहाँलाई पुस्तौँसम्म सम्झाइरहनेछन् ।
उहाँका हरेक सिर्जना र उहाँले लेख्नुभएका गीत, जुन मैले गाउन पाएकी छु, यसले उहाँलाई मात्रै होइन, मलाई पनि समय–समयमा सम्झाइरहनेछ भन्ने लाग्छ । मैले उहाँका शब्दमा स्वर भर्ने अवसर पाएकी छु, यो मेरो जीवनको ठूलो सौभाग्य हो ।
दुर्गालाल दाइप्रति मेरो हृदयभित्र अत्यन्तै ठूलो कृतज्ञताको भावना छ । म बाँचुन्जेल उहाँप्रति कृतज्ञ भइरहनेछु ।
उहाँलाई सम्झँदा दुःखभन्दा पनि उहाँले छोडेर जानुभएको विशाल कर्म सम्झन मन लाग्छ। उहाँले जीवनमा यति धेरै सिर्जना गर्नुभयो, यति धेरै मानिसको मनमा आप्mनो ठाउँ बनाउनुभयो र यति धेरै पुण्य आर्जन गर्नुभयो कि उहाँको जीवनलाई केवल दुःखका रूपमा सम्झनु उचित हुँदैनजस्तो लाग्छ । बरु उहाँको जीवनलाई सधैँ उत्सवका रूपमा सम्झनुपर्छ ।
उहाँको यो संसारको यात्रा यहाँ सकियो होला, तर उहाँले गरेको कर्मको यात्रा कहिल्यै सकिँदैन । उहाँका सिर्जनाहरूले निरन्तर यात्रा गरिरहनेछन् । उहाँले बनाएको त्यो सुन्दर संसार अब हामीले अगाडि बढाइरहनु पर्नेछ । उहाँप्रति मेरो कृतज्ञ भाव सधैँभरि रहिरहनेछ । म बाँचुन्जेल दुर्गालाल दाइलाई धेरै–धेरै धन्यवाद भन्न चाहन्छु । धन्यवाद, दुर्गालाल दाइ । तपाईं भौतिक रूपमा हामीमाझ नभए पनि तपाईंका शब्दहरूमा, तपाईंका गीतहरूमा र हाम्रो मनमा सधैँ जीवित रहिरहनुहुनेछ । फुुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार ।
मलाई कहिलेकाहीँ लाग्छ, उहाँसँग मेरो पूर्वजन्मदेखि नै पक्कै पनि कुनै गहिरो कार्मिक सम्बन्ध हुनुपर्छ । यस जन्ममा मैले दुर्गालाल दाइलाई भेट्न पाउनु मेरो जीवनको ठूलो वरदान हो । उहाँसँग भेट भएकै कारण मैले जीवनमा एउटा सुन्दर बाटो पाएकी छु भन्ने महसुस हुुन्छ ।











प्रतिक्रिया