नयाँदिल्ली ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगपतिहरूलाई नेपालमा नयाँ लगानी गर्न तथा नेपालमा लगानी गरिसकेका उद्योगीलाई लगानी विस्तार गर्न आह्वान गर्नुहुने भएको छ।
भारतीय उद्योग परिसङ्घ (सीआईआई) ले आयोजना गरेको उद्योगीहरूसँगको ‘राउन्ड टेबल’ छलफललाई शनिबार बिहान नयाँदिल्लीस्थित सीआईआई मुख्यालयमा अर्थमन्त्री वाग्लेले सम्बोधन गर्नुहुनेछ।
सीआईआईकी अध्यक्ष डा. सुचित्रा के. इलाको अध्यक्षतामा हुने कार्यक्रममा अर्थमन्त्री वाग्लेले नेपालमा लगानीमैत्री कानुनी स्थिरता, लगानी सुरक्षा र प्रतिफल सुनिश्चितताबारे सरकारको धारणा प्रस्तुत गर्नुहुनेछ।
छलफलमा सीआईआईका पूर्वअध्यक्ष तथा आईटीसी इन्डियाका अध्यक्ष सञ्जीव पुरीसहित करिब दुई दर्जन भारतीय उद्योगपति सहभागी हुने जनाइएको छ।











प्रतिक्रिया