काठमाडौं ।
सर्वोच्च अदालतको नयाँ भवनमा रहेको मुद्दा फाँटका २० र २१ नम्बर फाँटमा बुधबार बिहान आगलागी भएको छ। आगलागीबाट महत्वपूर्ण कागजात, कुर्सी, टेबललगायतका सामग्री जलेर क्षति भएको प्रारम्भिक विवरण छ। प्रारम्भिक जानकारीअनुसार विद्युत् सर्ट भएर आगलागी भएको आशंका गरिएको छ।
आगलागी नयाँ भवनको भुइँतलामा रहेका दुईवटा फाँटमा भएको हो। सर्वोच्च अदालतमा दुई साताअघि पनि आगलागी भएको थियो। त्यसबेला अन्डरग्राउन्डमा रहेको कार्यालयमा आगलागी भएको र घटनाबारे अनुसन्धान जारी रहेको बताइएको छ।
लगातार आगलागीका घटना भएपछि अदालतका मिसिल तथा महत्वपूर्ण न्यायिक अभिलेखको सुरक्षामाथि प्रश्न उठेको छ। यद्यपि, कति मुद्दाका कागजात पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भए भन्ने विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक भएको छैन।











प्रतिक्रिया