काठमाडौँ ।
बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानको आइची प्रिफेक्चर र नागोया सहरमा औपचारिक रूपमा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन समारोह आज साँझ ६ बजे नागोया सिटी मिजुहोपार्क एथलेटिक खेल मैदानमा हुनेछ।नेपालबाट यसपटक २१ खेलमा १३५ खेलाडीले सहभागिता जनाउँदैछन्।
टोलीमा ५७ महिला र ७८ पुरुष खेलाडी छन्। खेलाडी, प्रशिक्षक, व्यवस्थापक, प्राविधिक तथा मेडिकल प्रतिनिधिसहित नेपालको टोलीमा २११ जना रहने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले जानकारी दिए।नेपालबाट कबड्डीमा सबैभन्दा धेरै २४ खेलाडी सहभागी हुँदैछन्।
यस्तै क्रिकेटमा १५, भलिबलमा १२, उसुमा १०, करातेमा आठ र बक्सिङमा सात खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।उद्घाटन समारोहमा बक्सिङका चन्द्रबहादुर थापामगर र कबड्डीकी मानमती विष्टले नेपालको राष्ट्रिय झण्डा बोक्नेछन्।
नेपालले यसपटक स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने लक्ष्य राखेको छ।प्रतियोगितामा ४३ खेल समावेश छन् भने ४५ देश तथा क्षेत्र र एक शरणार्थी टोलीका खेलाडीले सहभागिता जनाउनेछन्। प्रतियोगिता अक्टोबर ४ सम्म सञ्चालन हुनेछ।











प्रतिक्रिया