काठमाडौँ ।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको छ।
उद्धार तथा राहत कार्यमा सुरक्षाकर्मी अग्रपङ्क्तिमा खटिएका छन्। रसुवा र नुवाकोटमा मात्रै चार हजार दुई सयभन्दा बढी नेपाली सेना परिचालन गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहित करिब १५ हजार ४३१ सुरक्षाकर्मी उद्धार तथा राहत कार्यमा परिचालन गरिएको जनाइएको छ।











प्रतिक्रिया