बाढीपहिरो पीडितका लागि पद्यम ज्योति ग्रुपको रु. १ करोड सहयोग


काठमाडौं । 

विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनर्स्थापनाका लागि पद्यम ज्योति ग्रुपअन्तर्गतको स्याकार ट्रेडिङ कम्पनी प्रालिले रु. १ करोड सहयोग गरेको छ।

कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त रकम प्रदान गरेको हो। प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको तत्कालीन राहत, आवश्यक सहयोग तथा दीर्घकालीन पुनर्स्थापनामा योगदान पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको कम्पनीले जनाएको छ।

नेपालका लागि होन्डाको आधिकारिक प्रतिनिधि स्याकार ट्रेडिङले विपद्को समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरेको जनाएको छ। कम्पनीले राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सरकारी तथा सरोकारवाला निकायले गरिरहेको प्रयासमा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताएको छ।

प्रभावित समुदायको सामान्य जनजीवन पुनर्स्थापनाका लागि सामूहिक प्रयासको महत्व रहेको पनि कम्पनीले जोड दिएको छ।