सर्वदलीय समिति गठन गर्न रविको प्रस्ताव


काठमाडौं ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राहत, उद्धारदेखि पुनर्स्थापनासम्मका कामका लागि सर्वदलीय वा सर्वपक्षीय समिति गठन गर्न प्रस्ताव गरेका छन्।

सिंहदरबारमा जारी सर्वदलीय बैठकमा लामिछानेले यस्तो समिति गठन गर्दा सरकारले आवश्यक निर्णय गर्न सहज हुने बताए। उनले सरकारको राहत तथा उद्धार कोषलाई एकद्वार प्रणाली बनाएर सबै राजनीतिक दल एक ठाउँमा उभिएर सहयोग गर्नुपर्नेमा जोड दिए।

बैठकको सुरुआत गर्दै लामिछानेले दलगत पहिचानलाई पर राखेर राहत, उद्धार र पुनर्निर्माणमा सबै राजनीतिक दल सक्रिय हुनुपर्ने बताए। साथै, सामाजिक सञ्जालको सही सदुपयोगका लागि पनि सबै दल एकजुट हुनुपर्ने उनको आग्रह थियो।

बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद्पछिको अवस्थामा सबै मिलेर अघि बढ्नुपर्ने बताए। खोज तथा उद्धारसहित मानवीय सहयोगका लागि पार्टीका नेता–कार्यकर्ता परिचालन भइसकेको उनले जानकारी दिए।

बैठकमा रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, एमाले महासचिव शंकर पोखरेल, प्रचण्ड, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही, जसपा नेपालका नेता महन्थ ठाकुरलगायत नेताहरू सहभागी छन्।

Skip This