भाेटेकाेशी बाढीको वेग भारत प्रवेश, तटीय क्षेत्रमा मानव शव देखिन थाले


नवलपरासी 

‎भाेटेकाेशी नदीमा बुधवार आएकाे बाढी नारायणी नदीको तल्लाे तटीय क्षेत्र त्रिवेणी सुस्ता हुँदै भारत तर्फ प्रवेश गरेको छ ।

‎उक्त बाढी नवलपरासी पूर्वकाे देवघाटमा दिउँसाे  सवा ३ बजे नारायणी पुलमा साढे ३ नेपाल भारत सीमावर्ती क्षेत्र त्रिवेणी पुग्दा रातिको ९ बजेको बताइएको छ ।

‎त्रिवेणी स्थित ३६ ढाेका रहेको गण्डक ब्यारेजमा साँझ ७ बजे १ लाख ४ हजार क्युसेक जल मापन गरिएकाे थियाे भने बाढी आएपछि २२ हजार क्युसेक पानी बढेर १ लाख २६ हजार पुगेको बताइएको छ ।

‎भाेटेकाेशी बाढी नारायणी नदीको तटीय क्षेत्रकाे फैलावटका कारण सामान्य देखिए पनि यसले हिमाली तथा पहाडी  क्षेत्रमा मच्चाएकाे वितण्डासंगै ठूलाे जनधनको क्षति गरेको देखिएको छ ।

‎नदीले ठूलाे परिमाणमा हिलाे लेदाेसहित काठ दाउरा,ग्याँस सिलिन्डर,घरायसी सरसामान,कटेरा जस्ता,पाईप लगायत पशु चाैपाया बगाएर ल्याएकाे नदी किनार आसपासका स्थानीयले बताएका छन् ।

‎त्यसै गरि मानवीय क्षति अन्तर्गत नवलपरासी र चितवन स्थित  नदीको बाढीले बगाई ल्याएका शवहरू भेटीएकाे प्रहरीले जनाएकाे छ ।

‎बताईए अनुसार अवेर साँझ सम्म नारायणी नदीको पश्चिमी किनारा र यसका विभिन्न भङ्गालाहरूमा गरि १६ ओटा शवहरू भेटिएकाछन् ।

‎त्यस बाहेक अंङ्गभङ्ग अवस्थाका झन्डै ३ मानव अङ्ग पनि भेटिएकाेले ती शवहरूलाई सुरक्षित पाखा लगाई सुरक्षित राख्न स्थानीय देवचली नगर अस्पतालमा व्यवस्थापन  हुँदै रहेको प्रहरीको भनाई रहेको छ ।

‎साथै प्रहरीले नदीको बहाव तथा सम्भावित जोखिम कम गर्न नदी आसपास नजान समेत सर्वसाधरणलाई अनुराेध गरिएकाे जनाएकाे छ ।

Skip This