धादिङ ।
नीलकण्ठ स्पोर्ट्स क्लबको आयोजनामा धादिङबेसीमा सम्पन्न अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपाल र भारतका गरी १५० खेलाडीले सहभागिता जनाएका छन्। विभिन्न उमेर, तौल समूह तथा कातातर्फ प्रतिस्पर्धा भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने ८४ खेलाडी पुरस्कृत भएका छन्।
प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा कराँते प्रशिक्षक ध्रुवविक्रम मल्ललगायत खेलकुद क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। क्लबका अध्यक्ष विष्णु गुरुङको अध्यक्षतामा प्रतियोगिता सञ्चालन भएको थियो।
प्रतियोगिताको समापन समारोहमा नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगाना, बालाजु डोजोका अध्यक्ष तथा वरिष्ठ कराँते प्रशिक्षक ध्रुवविक्रम मल्ल र नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले विजयी खेलाडीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो।
प्रतियोगिताको ६० केजी तौल समूह पुरुषतर्फ विशाल डंगोल प्रथम, सुनिल परियार द्वितीय तथा रोहन तामाङ तृतीय हुनुभयो। महिलातर्फ सुस्मा रानी घले प्रथम, दिलरुपा तामाङ द्वितीय तथा समैरा महर्जन र खुसी श्रेष्ठ तृतीय हुनुभयो।

५० केजी पुरुषतर्फ सुहान तामाङ प्रथम, सुधिर ठाकुर द्वितीय तथा विशाल घले र साहिल तामाङ तृतीय हुनुभयो। सोही तौल समूह महिलातर्फ जोशिला गुरुङ प्रथम, पार्वती श्रेष्ठ द्वितीय तथा सिम्रन लामा तृतीय हुनुभयो। ५० केजी जुनियर पुरुषतर्फ सरोज तामाङ प्रथम, विकेश तामाङ द्वितीय तथा मोहम्मद सहारे आलम तृतीय हुनुभयो।
५५ केजी महिलातर्फ मनमाया घले प्रथम, पृथ्वी थापा क्षेत्री द्वितीय तथा ज्योती महर्जन तृतीय हुनुभयो। पुरुषतर्फ युग विक प्रथम, दिनेश तामाङ द्वितीय तथा मनिष गुरुङ र फसाहिद अलि तृतीय हुनुभयो।
४० केजी महिलातर्फ डोल्मा तामाङ प्रथम, अनुस्का तामाङ द्वितीय तथा इशु तामाङ र रेशु तामाङ तृतीय हुनुभयो। पुरुषतर्फ सुरेश लामा प्रथम, स्पन्द बानियाँ द्वितीय तथा प्रविन पौडेल र श्रेयास श्रेष्ठ तृतीय हुनुभयो। ४० केजी जुनियर पुरुषतर्फ सतिज न्युरे प्रथम, मुकेश गुरुङ द्वितीय तथा प्रविन घले र निखिल सिंह तृतीय हुनुभयो।
४५ केजी पुरुषतर्फ सागर तामाङ प्रथम, डिलबहादुर तामाङ द्वितीय तथा इशान कुरैसी र सलिन गुरुङ तृतीय हुनुभयो। महिलातर्फ प्रकृति तामाङ प्रथम, सपना गिरी द्वितीय तथा बिनिशा दुवाडी र चेतना तामाङ तृतीय हुनुभयो।
३० केजी महिलातर्फ समीक्षा लामा प्रथम, रञ्जना तामाङ द्वितीय तथा शशी नेपाल र रेशमा तामाङ तृतीय हुनुभयो। पुरुषतर्फ अनुरोध थापामगर प्रथम, इशान बोगटी द्वितीय तथा आरोप मल्ल र हेमन्त तामाङ तृतीय हुनुभयो।
१४ वर्षमुनिको ३५ केजी पुरुषतर्फ नितेश तामाङ प्रथम, सचिन गुरुङ द्वितीय तथा युनिक तामाङ र आरुभ श्रेष्ठ तृतीय हुनुभयो। सोही उमेर समूहको महिलातर्फ प्रनिका नेपाल प्रथम, युनिशा मगर द्वितीय तथा इशानी चौधरी तृतीय हुनुभयो।
१२ वर्षमुनिको ३५ केजी पुरुषतर्फ विश्व थामी प्रथम, रोजा गुरुङ द्वितीय तथा निशान तामाङ र शुलभ महतो तृतीय हुनुभयो।

कातातर्फ पुरुष समूहमा रोहन तामाङ प्रथम, विश्व थामी द्वितीय तथा साहिल तामाङ र समीप तामाङ तृतीय हुनुभयो। महिलातर्फ रेशु तामाङ प्रथम, समीक्षा लामा द्वितीय तथा इशानी चौधरी तृतीय हुनुभयो।
नेपाल र भारतका खेलाडीहरूको सहभागिताले प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्वरूप दिएको आयोजकले जनाएको छ। विभिन्न उमेर र तौल समूहमा प्रतिस्पर्धा गराउँदा नयाँ प्रतिभावान् खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर मिलेको छ। प्रतियोगिताले धादिङमा कराँते खेलको विकास, खेलाडीबीचको आपसी सम्बन्ध र खेलकुद संस्कृतिको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।








तपाईंको विचार लेख्नुहोस्