काठमाडौं ।
बाढीपहिरोमा परी घाइते भएका २४ जना रसुवा अस्पताल पुगेका छन्। अस्पतालका अनुसार उपचारका क्रममा एक जनाको मृत्यु भएको छ भने गम्भीर अवस्थाका ६ जनालाई थप उपचारका लागि अन्य अस्पतालमा रेफर गरिएको छ।
बाढीपहिरो प्रभावित क्षेत्रबाट घाइते आउने क्रम अझै जारी रहेको अस्पतालले जनाएको छ। अस्पतालले उपलब्ध जनशक्ति, स्वास्थ्य सामग्री तथा स्रोतसाधन परिचालन गरी घाइतेको उपचार गरिरहेको छ।
गम्भीर घाइतेहरूलाई आवश्यकताअनुसार थप उपचारका लागि अन्य अस्पतालमा पठाउने व्यवस्था मिलाइएको छ। यसैबीच प्रभावित क्षेत्रबाट हेलिकोप्टरमार्फत समेत घाइतेको उद्धार गरी अस्पताल ल्याउने क्रम जारी रहेको जनाइएको छ।
बाढीपहिरोका कारण रसुवाका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित बनेपछि उद्धार तथा राहत कार्यसँगै स्वास्थ्य सेवासमेत उच्च सतर्कताका साथ सञ्चालन भइरहेको छ।














प्रतिक्रिया