तीजको मौलिकता, रमझम र सांस्कृतिक पक्षभन्दा पछिल्लो समय देखासिकी र भड्किलोपन हाबी हुँदै गएको विषयलाई रेखा थापाद्वारा निर्देशित फिल्म माया भनेकै यस्तो होलाले तीज गीतमार्फत उठाएको छ।
फिल्ममा समावेश नक्कल पारी बोलको गीतले अरूको देखासिकीमा महँगा पहिरन र गहना लगाउने तथा त्यसका लागि श्रीमानसँग माग गर्ने प्रवृत्तिलाई व्यंग्यात्मक ढंगले प्रस्तुत गरेको हो। तीजलाई लक्षित गर्दै सार्वजनिक गरिएको गीतमा प्रशान्त शिवाकोटी र शान्तीश्री परियारको स्वर छ । प्रशान्त शिवाकोटीको संगीत र सुष्मा सिग्देलको शब्द रहेको गीत लोक प्mलेबरको डान्सिङ बिटमा तयार पारिएको छ ।
गीतको भिडियोमा तीजका नाममा देखिनुपर्ने सामाजिक प्रतिस्पर्धालाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ। अरू महिलाले लगाएको जस्तै गहना र पहिरन आफूले पनि लगाउनुपर्ने, त्यसका लागि ऋणधन गरेर भए पनि श्रीमान्सँग माग पूरा गराउनुपर्ने मानसिकतालाई गीतले विषय बनाएको छ। श्रीमतीको माग पूरा गरिदिने वाचा गर्ने श्रीमान्को प्रसंगसमेत गीतमा समेटिएको छ।
गीतको भिडियोमा दिल श्रेष्ठ, पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाहलाई प्रस्तुत गरिएको छ। कलाकारहरू तीजको भाकामा छमछमी नाचेका छन्। गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा ठूलो सङ्ख्यामा कोरस कलाकार प्रयोग गरिएको छ। गीतको दृश्यांकन र नृत्यमा निर्माणपक्षले विशेष मेहनत गरेको छ। गीतको आकर्षण केवल नृत्य र भव्य प्रस्तुतिमा सीमित छैन। तीज मनाउने शैलीमा आएको परिवर्तनलाई मनोरञ्जनसँग जोडेर उठाइएको विषय यसको मुख्य पक्ष बनेको छ।
दिया एण्ड अमु फिल्मस् को ब्यानरमा निर्माण भएको फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह, लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ, विनोद पौडेललगायत कलाकारको अभिनय छ।
हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता तथा राजन घिमिरे फिल्म संयोजक रहेको फिल्मको कथा तथा प्रस्तुतिले सुमधुर प्रेमस“गै सामाजिक परिवेशलाई समेत समेट्ने निर्माणपक्षले जनाएको छ। प्रशान्त शिवाकोटीको संगीत र ध्रुव लम्सालको पटकथा लेखन रहेको फिल्ममा सुदीप बरालको छाया“कन रहेको छ।
८ वर्षपछि निर्देशनमा फर्किएकी रेखाको यो फिल्म भदौ २६ गतेदेखि प्रदर्शनमा आउ“दैछ। फिल्मको देशव्यापी वितरणको जिम्मेवारी रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले लिएका छन्।











प्रतिक्रिया