उषाको रातो चुरा


आधुनिक तथा लोकगायिका उषा गजुरेलले नया तीज गीत रातो चुरा, रातै सारी सार्वजनिक गरेकी छन्।
शब्द, संगीत र स्वर स्वयं उषा गजुरेलकै रहेको गीतले सार्वजनिक भएको छोटो समयमै दर्शक–श्रोतामाझ राम्रो प्रतिक्रिया बटुल्न थालेको छ। उषाका अनुसार यो गीत तीजको उत्सवमा सीमित नभई नेपाली नारीको प्रेम, संस्कार, आत्मविश्वास, मातृत्व र स“घर्षको कथालाई समेट्ने प्रयास हो।

धेरै महिलाले आप्mनो जीवनस“ग जोडेर गीतलाई महसुस गर्न सक्ने विश्वास उनले व्यक्त गरेकी छन्। दर्जनौ“ गीतमा स्वर र संगीत दिइसकेकी उषाको यसअघि सार्वजनिक गीत पप्पी देऊ न म्युजिक भिडियो चर्चित बनेको थियो। निर्माण पक्षले यसपटकको तीज गीत रातो चुरा, रातै सारीले पनि तीजको माहोलमा विशेष स्थान बनाउने अपेक्षा गरेको छ।