उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेमा र उदयपुरको बेलका नगरपालिका ५ मदनभण्डारी लोकमार्गको जहदा गाउँमा भएको आइतबार र सोमबारको फरक फरक दुर्घटनामा ३ जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् ।
सोमबार बिहान बेलका नपाकै सुपाडेबाट लाल बजारतिर जाँदै गरेको अटो र विपरीत दिशाबाट आउँदै गरेको स्कुल बस एकापसमा ठोकिदा ५ जना घाइते भएकोमा २ जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार सोमबार बिहान ९ः४५ बजे बेलका नगरपालिका वडा नं. ५ जहडा स्थितमा सुपाडेबाट लालबजार तर्फ आँउदै गरेको को.प्र.०५—००१ ह ०६१३ न. को अटो र विपरीत दिशाबाट जाँदै गरेको को १ ख ३५१६ नं को सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।
दूर्घटना हुदाँ अटोमा सवार ५ जना घाइते भई उपचारको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान लगिएकोमा उपचारको क्रममा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अटोमा सवार बेलका नगरपलिका वडा नं ५ बस्ने वर्ष ३४ को मन्दिरा मगरलाई ११ः४५ बजे उक्त अस्पतालका चिकित्सकले मृत घोषणा गरेको र सोही अटोमा सवार तत्काल नामथर, उमेर, वतन नखुलेको महिलाको समेतको अं ११ः४५ बजे उक्त अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
अन्य ३ जना घाईतेहरुको सोही अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनास्थलमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी टोली खटिई दुर्घटनामा संलग्न बस र बस चालक बेलका नगरपालिका वडा नं ५ बस्ने वर्ष ३६ को विक्रम थापालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा राखी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घाइते हुनेहरुमा अटो चालक जिल्ला उदयपुर बेलका नगरपालिका वडा नं ५ बस्ने बर्ष २८ को ईन्द्र थापा अवस्था गम्भीर रहेको छ भने अटोमा सवार जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं १२ बस्ने बर्ष १९ को अजित गुरुङ अवस्था मध्यम रहेको छ । अटोमा सवार बेलका नगरपलिका वडा नं ५ बस्ने बर्ष १८ को रोशन मगर अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यसैगरी आइतबार दिउँसो त्रियुगा नपा १० बोक्सेमा सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार आइतबार ७ गते दिउसो २ः१५ बजे त्रियुगा नगरपालिका वडा नं १० बोक्से स्थित सगरमाथा राजमार्गमा गाईघाटबाट करमगाछी तर्फजाँदै गरेको प्रदेश ३—०२—०१४ प ०७७५ न को मोटरसाईकलले बाटो क्रस गर्ने क्रममा साईकललाई ठक्कर दिई दुर्घटना हुँदा साइकलयात्री त्रियुगा नगरपालिका वडा न १० बस्ने वर्ष ६० को सन्त बहादुर राई गम्भीर घाइते भई उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याईएकोमा ऐ २.३० बजे सोही अस्पतालका चिकित्सकले मृत घोषणा गरेका छन् ।
मोटरसाइकल चालक ऐ वडा नं ११ पिपलचोक स्थित प्रशान्त बि.क. को मोटरसाईकल ग्यारेजमा काम गर्ने जिल्ला सिराहा नराह गाउँपालिका वडा नं ३ घर भई हाल त्रियुगा नगरपालिका वडा नं १२ बस्ने वर्ष १९ को मो सविर राईनको शरीरको विभिन्न भागमा चोटपटक लागि घाइते भई तत्काल जिल्ला अस्पताल उदयपुरमा ल्याई सामान्य उपचार पश्चात न्युरो अस्पताल विराटनगर रिफर गरिएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटिई गई मोटरसाईकल र साईकल नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।











प्रतिक्रिया