आशाको इन्डक्ल्यापमा प्राविधिकलाई ५१ हजार सहयोग


फिल्म आशाको छायाकन सकिएको अवसरमा निर्माण टिमले आशाको अर्थ नै झल्किने एउटा मानवीय काम गरेको छ।
फिल्ममा स्पटब्वाइका रूपमा काम गरिरहेका प्राविधिक अर्जुन घिमिरेकी श्रीमती ब्लड क्यान्सरबाट पीडित रहेको जानकारी पाएपछि निर्मात्री शर्मिला थापाले उपचारका लागि ५१ हजार रुपैया सहयोग गरेकी छन्। सहयोग रकम ग्रहण गर्दै घिमिरेले निर्माण टिमप्रति आभार व्यक्त गरे। ‘यहा काम गरेकै पैसा समयमा पाइदैन, तर छायाकन सकिएलगत्तै मैले पाएको अतिरिक्त सहयोगका लागि आभारी छ’ उनले भने।

काठमाडौं उपत्यकास“गै नमोबुद्ध र धुलिखेल आसपासका स्थानमा छाया“कन गरिएको निर्मात्री थापाले जानकारी दिइन्। थापाले नेपालीपन बोकेको कथालाई प्राविधिक रूपमा अब्बल बनाएर दर्शकमाझ ल्याउने बताइन्। राजिव गुरुङको कथा तथा निर्देशन रहेको फिल्ममा शुशांक मैनाली, महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी, बालकलाकार चिराग श्रेष्ठ, काश्वी भण्डारीलगायतको अभिनय छ।

‘यो कथालाई पर्दामार्फत दर्शक हु“दै परिवारसम्म लैजानुपर्छ भन्ने लागेर नै फिल्ममा ल्याउ“दैछौं। एउटा मन छुने पारिवारिक कथामा फिल्म तयार गर्दैछौं’ निर्देशक गुरुङले भने। आगामी माघेसंक्रान्तिको अवसर पारेर माघ १ गते प्रदर्शनमा आउने फिल्ममा सहलेखक रामकुमार श्रेष्ठ, स्क्रिप्ट सुपरभाइजर तथा कास्टिङ निर्देशक सुदाम सिके, संगीतकार युग भुसाल र समीर खरेल, सिनेम्याटोग्राफर नरेन्द्र मैनाली र सम्पादक लोकेश बज्राचार्य रहेका छन्।