फेरारीको पहिलो ईभी कार ४० मिलियनमा विक्री


एजेन्सी

विश्वको सबैभन्दा लोकप्रिय स्पोट्र्स कार निर्माता फेरारीले उत्पादन गरेको आफ्नो पहिलो इलेक्ट्रिक (ईभी) कार ल्युस महँगो मूल्यमा विक्री भएको छ । क्यालिफोर्नियामा मोन्टेरी कार सप्ताहको समयमा यस कारलाई लिलामीमा राखिएको थियो । जसलाई फ्लोरिडाका अर्बपति डा. हर्बर्ट वेर्टहाइमले ४० मिलियन डलरमा किने ।

यसका साथै यो अहिलेसम्मकै सबैभन्दा महँगो नयाँ कार बनेको छ । जबकी यो कार लन्च हुँदा यसको निकै आलोचना भएको थियो । यसको अनुमानित मूल्य केवल १.१ मिलियन डलर राखिएको थियो ।

अहिले यही कारले ठूलो रकम प्राप्त गरेको छ । यसबाट आएको रकम द फेरारी फाउन्डेसनलाई शिक्षा कार्यक्रमको लागि दिइएको छ । यो भारी मूल्यमा बेचिएको हुँदा यसले पहिलेका सबै रेकर्डहरू पनि तोडेको छ ।

खरिदकर्ता ८७ वर्षीय वेर्टहाइम लामो समयदेखि फेरारीको संग्रहकर्ता (कलेक्टर) पनि हुन् । उनले एक वर्षअघि पनि यसै कार्यक्रममा फेरारी डेटोना एसपी ३ लाई २५ मिलियन डलरमा किनेका थिए ।

यो कारलाई ’चेसिस ०’ नाम दिइएको छ किनभने यो कम्पनीको उत्पादन लाइनबाट बाहिर निस्केको पहिलो कार थियो । चार–डोरको कारमा चार इलेक्ट्रिक मोटर छन् । जसको १०५० हर्षपावर उत्पादन गर्ने क्षमता रहेको छ ।

यो कारले केवल २.५ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घण्टाको गति बढाउन सक्छ । एकपटक फूल चार्ज गर्दा ५३० किलोमिटरभन्दा बढीको रेन्ज प्रदान गर्दछ ।

फेरारीको यस विशेष कारको नाम २०२६ फेरारी ल्युस टेलर मेड हो । यसलाई आरएम सोथबीद्वारा लिलामी गरिएको थियो । चेसिस ० को रूपमा परिचित यो फेरारीको नयाँ इलेक्ट्रिक प्रोग्रामको पहिलो उत्पादन चेसिस हो ।