काठमाडौं ।
नेपाली कांग्रेसका नेता दीपक खड्काले सभापति गगनकुमार थापाको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टीलाई एकताबद्ध बनाउन नसकेको आरोप लगाएका छन्।
खड्काले बीपी कोइरालाको नेतृत्वको उदाहरण दिँदै सबै पक्षलाई समेटेर अघि बढ्नुपर्नेमा थापाले फरक विचार राख्नेहरूमाथि प्रहार गर्ने र सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमको भरमा पार्टी चलाउन खोजेको टिप्पणी गरेका छन्।
उनले थापालाई सबैलाई मिलाएर पार्टी बलियो बनाउन वा आफू सबैलाई समेट्न नसक्ने कुरा स्वीकार गर्नमध्ये एक विकल्प रोज्न चुनौती दिएका छन्। वास्तविक नेतृत्व कुर्सी प्राप्त गर्नु नभई पार्टी र इतिहासप्रतिको जिम्मेवारी पूरा गर्नु भएको खड्काको भनाइ छ।











प्रतिक्रिया