मकवानपुर दुर्घटना अपडेट: घाइते एक जनाको मृत्यु, अन्यको उपचार जारी


काठमाडौँ।

मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा स्कारपियो दुर्घटनामा घाइते भएकी लक्ष्मी बडुको मृत्यु भएको छ ।

काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । आज बिहान बिहान १०ः०४ बजे अस्पताल पु¥याइएकी ४९ वर्षीया बडुको बिहान १०ः२९ बजे मृत्यु भएको हो ।

लक्ष्मी उच्च अदालत वीरगन्जका रजिस्ट्रार तारादत्त बडुको पत्नी हुन् ।

घाइतेमध्ये उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रितेन्द्र बडु र रिता बडुको उपचार भइरहेको छ । यसअघि स्कारपियो चालक छुनिलाल चौधरी र रजिस्ट्रार तारादत्त बडुलाई थप उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो ।

उच्च अदालत वीरगन्ज पर्साको मुख्य न्यायाधीश, रजिस्टार र गाडी चालकसहित ६ जना सवार प्रदेश ३–०१–००२ झ ५१८३ नं. को स्कारपियो गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी ५०÷६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो ।