काठमाडौं ।
नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले वर्तमान सरकारले बहुमत पाए पनि ठोस र जनपक्षीय काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ।
शनिबार काठमाडौंमा आयोजित नेपाली काँग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कोईरालाले सरकारले नयाँ नीति तथा कार्यक्रम ल्याउन नसकेको भन्दै यसलाई ‘कामचलाउ’ सरकारको संज्ञा दिनुभयो।
उहाँले वर्तमान सत्ता समीकरण पाँच वर्ष टिक्ने सुनिश्चितता नरहेको बताउँदै मुलुक मध्यावधि निर्वाचनतर्फ जानसक्ने सम्भावना रहेको उल्लेख गर्नुभयो। राजनीति सम्भावनाको खेल भएकाले यस्तो सम्भावनालाई नकार्न नसकिने उहाँको भनाइ थियो।











प्रतिक्रिया