लन्डन, (एजेन्सी) ।
स्पेनलाई विश्वकप उपाधि दिलाउन निर्णायक गोल गरेका फेरान टोरेस युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग आबद्ध भएका छन् । बार्सिलोनाबाट उनलाई झण्डै ५० मिलियन युरोमा अनुबन्ध गरेको फ्रेन्च क्लब पीएसजीले जनायो ।
यो सम्झौतासँगैं विश्वकप विजेता टोरेस आगामी २०३१ सम्म पीएसजीका लागि खेल्नेछन् । यो सिजनमा लागि पीएसजीले अनुुुबन्ध गरेकोमा टोरेस दोस्रो उच्च प्रोफाइलका खेलाडी हुन् । यसअघि टोलीले मागनेस अक्लीउचेलाई मोनाकोबाट अनुबन्ध गरेको थियो ।
बार्सिलोनाले सन् २०२१ मा टोरेसलाई म्यानचेस्टर सिटीबाट ५५ मिलियन युरोभन्दा बढी रकममा अनुबन्ध गरेको थियो । सन् २०२४ को समरमा हान्सी फ्लिक प्रशिक्षक बनेपछि उनलाई प्रायः सेन्टर–फरवार्डका रूपमा प्रयोग गरिएको थियो ।
टोरेसले पछिल्ला दुई सिजनमा बार्सिलोनाका लागि सबै प्रतियोगितामा गरी ९४ खेलमा ४० गोल गरेका थिए । उनी विशेषगरी वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेर निर्णायक प्रदर्शन गर्न सफल भएका थिए । गत महिना सम्पन्न विश्वकपको फाइनलमा पनि उनी अर्जेन्टिनाविरुद्ध निर्णायक गोल गर्न सफल भएका थिए ।











प्रतिक्रिया