गायक बराल अस्पतालबाट डिस्चार्ज


गायक बराल अस्पतालबाट डिस्चार्ज लोकप्रिय गायक यम बराल करिब दुई महिनाको अस्पताल बसाइ“ र उपचारपछि आज डिस्चार्ज भएका छन्।

महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल सुरेश वाग्ले क्यान्सर सेन्टरबाट डिस्चार्ज भएपछि गायक बरालले आप्mनो उपचार यात्रामा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ, सहयोग, शुभेच्छा, प्रार्थना र हौसला दिने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन्। उनले आप्mनो उपचारमा निरन्तर समर्पित भई सेवा पु¥याउने प्रोफेसर डा. अन्जन कुमार श्रेष्ठ, प्रोफेसर डा. दिनेश काप्mले तथा सम्पूर्ण चिकित्सक, नर्सिङ टोली र स्वास्थ्यकर्मीलाई विशेष धन्यवाद दिएका छन्।

उनले आपूmलाई मल्टिपल माइलोमा भएको र यो आत्तिनुपर्ने समस्या नभएको जनाउ“दै आप्mनो स्वास्थ्य अवस्थाबारे आएका कुनै पनि भ्रमात्मक वा अपुष्ट समाचारमा विश्वास नगर्न सबैलाई अनुरोधसमेत गरेका छन्।
पूर्ण स्वास्थ्यलाभपछि आफू पुनः आप्mनै प्रिय गीत–संगीतको क्षेत्रमा सक्रिय भएर दर्शक तथा श्रोतामाझ फर्कने विश्वाससमेत उनले व्यक्त गरेका छन्।