सर्वोच्चबाट न्याय पाएपछि कांग्रेस एक हुने देउवाको दाबी


काठमाडौं ।

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू विशेष महाधिवेशनको पक्षमा नरहेको बताएका छन्। सर्वोच्च अदालतबाट न्याय पाएपछि पार्टीमा पूर्ण एकता हुने उनले दाबी गरेका छन्।

शनिबार महाराजगञ्जस्थित निवासमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले विशेष महाधिवेशनविरुद्ध आफूहरूले मुद्दा दायर गरेको भन्दै पुनरवलोकन नभएसम्म यस विषयमा धेरै बोल्न नहुने बताए।

देउवाले लोकतन्त्रका लागि स्वतन्त्र पत्रकारिता अत्यावश्यक रहेको उल्लेख गर्दै प्रेसले व्यक्तिपूजा नभई निष्पक्ष रूपमा काम गर्नुपर्नेमा जोड दिए।

पाँच महिनापछि स्वदेश फर्किएका देउवाले सुदूरपश्चिम र विशेषगरी डडेलधुरा जाने इच्छा रहेको बताए। उनले डडेलधुरामा विमानस्थल निर्माणलगायत बाँकी काम पूरा गर्ने प्रतिबद्धता पनि जनाए।