काठमाडौँ ।
कास्की र पर्वत जोड्ने मोदीखोलामा रहेका दुई वटा मेटल पुल बाढीले बगाउँदा अन्नपूर्ण माता मन्दिरमा तीन जना फसेका छन्।
शुक्रबार राति करिब २:१५ बजे अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमाना नयाँपुल–बिरेठाँटी सडकखण्ड नजिक मोदीखोलामा आएको बाढीले मन्दिरसम्म आवतजावतका लागि प्रयोग हुँदै आएका कास्की र पर्वततर्फका दुई वटा मेटल पुल तथा मन्दिरको आधा भागसमेत बगाएको हो।
मन्दिरमा रहेका एक जना सन्त–पुजारी र दुई जना भक्तजन फसेको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट चार जना रोप रेस्क्यु तथा तीन जना गोताखोरसहितको उद्धार टोली घटनास्थल पुगेको छ।
आवश्यक विपद् उद्धार सामग्रीसहित सुरक्षाकर्मीहरू राति २:३५ बजे घटनास्थलतर्फ खटिएका थिए। उनीहरूले मन्दिरमा फसेका तीन जनाको उद्धारका लागि प्रयास जारी राखेका छन्।











प्रतिक्रिया