शेरबहादुर देउवा काठमाडौं आइपुगे


काठमाडौं ।

नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार दिउँसो काठमाडौं आइपुगेका छन्।

देउवा बिहीबार दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका देउवा उपचारका लागि पत्नी आरजु राणा देउवासँगै कात्तिक १० गते राति सिंगापुर गएका थिए।

देउवा काठमाडौं फर्किएपछि उनको स्वागतका लागि कांग्रेसको संस्थापन इतर समूहका नेताहरू विमानस्थल पुगेका थिए।