काठमाडौं ।
नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै गायक खुमन अधिकारी र गायिका रमिला न्यौपानेको नयाँ तीज गीत ‘जम्छ माया विस्तारै’ सार्वजनिक भएको छ ।
रमिला न्यौपानेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा बबिनसिंह ठकुरी र रचना न्यौपानेको अभिनय रहेको छ । गीतका शब्द रमिला न्यौपाने लेखेकी छन् भने संगीत खुमन अधिकारीले दिएका छन् ।
गीतमा खुमन अधिकारी र रमिला न्यौपानेको स्वर रहेको छ । समूह स्वरमा राजेन्द्र बाजुराली, सागर बाजुराली, ज्ञानु परियार र प्रतिमा विश्वकर्माको सहभागिता रहेको छ ।
गीतको स्वर सम्पादन राजेन्द्र बाजुराली, संगीत संयोजन विनोद बाजुराली, मिक्सिङ खडक बाजुराली र रेकर्डिङ सागर बाजुरालीले गरेका छन् । गीतको रेकर्डिङ मालाश्री स्टुडियोमा गरिएको हो ।
गीतको अडियो तथा भिडियो रमिला न्यौपानेको रहेको छ भने निर्देशन तथा कोरियोग्राफी मुकेश नेपालीले गरेका छन् । तीजको सांस्कृतिक माहोललाई केन्द्रमा राखेर तयार पारिएको ‘जम्छ माया विस्तारै’ले नेपाली दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा गरिएको निर्माण पक्षले जनाएको छ ।











प्रतिक्रिया