देशभर मनसुनी प्रभाव, भारी वर्षाको सम्भावना


काठमाडौँ।

हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली भएको छ।

आज कोशी, बागमती, गण्डकी, मधेस र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। बागमती, गण्डकी, कोशी, मधेस र लुम्बिनीका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। रातिको समयमा पनि देशका हिमाली, पहाडी तथा केही तराई क्षेत्रमा वर्षाको सम्भावना रहने जनाइएको छ।