गुल्मी, (नेस)। लोक तथा भजन गायक हरि खत्रीले गुल्मीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य रेसुंगालाई केन्द्रमा राखेर भजन गीतिसंग्रह जाम भो हिड रेसुंगा सार्वजनिक गरेका छन्।
भजनले धार्मिक आस्था, सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यलाई उजागर गरेको छ। गीतमा हरि खत्रीसगै सुशीला गौतम र दयासागर पन्थीको स्वर, शब्द रामप्रसाद पन्थी र सन्तोष क्षेत्रीको शब्द तथा हरि खत्रीको लय छ।
रेसुंगा क्षेत्रमा नै छाया“कन गरिएको भिडियोमा रेसुंगाका मन्दिर, प्राकृतिक दृश्य, धार्मिक सम्पदा तथा त्यहा“ पुग्ने भक्तजन र पर्यटकका गतिविधिलाई समेटिएको छ।











प्रतिक्रिया