शैक्षिक परामर्श सेवा निर्देशिका २०७३ खारेज


 काठमाडौँ । 

शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ खारेज गरेको छ ।मन्त्रालयका अनुसार शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३ कार्यान्वयनमा आएकाले निर्देशिका खारेज गरेको हो ।

मन्त्रालयका शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका उपसचिव सेमन्तराज कोइरालाद्धारा हस्ताक्षरित सूचनामा निर्देशिका खारेज गर्ने निर्णय भएको हो ।

 नियमावली कार्यान्वयनमा द्विविधा उत्पन्न नहोस् भनेर खारेज गरिएको मन्त्रालयले जनाएको छ । शैक्षिक परामर्श व्यवसायीले आन्दोलन गरिरहेको बेला मन्त्री सस्मित पोखरेलले निर्देशिका खारेज भएको निर्णय गर्नुभएको थियो ।

 निर्देशिकामा परामर्श दिने संस्था खोल्न २५ लाख र शाखा कार्यालय खोल्न २५ लाख, डिजिटल भुक्तानी लगायतका प्रावधान राखिएको थियो ।