काठमाडौं ।
सुनसरीको देवानगञ्ज गाउँपालिकामा हिन्दु–मुस्लिम समुदायबीच भएको झडपमा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार देवानगञ्ज गाउँपालिका–३ निवासी २१ वर्षीय रविन्द्र मेहताको मंगलबार बिहान १०:४५ बजे काठमाडौंस्थित शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा उपचारका क्रममा मृत्यु भएको हो।
रविन्द्र मेहता गत साउन १० गते भएको सामुदायिक झडपमा गम्भीर घाइते भएका थिए। उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याइएको थियो। यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या थप बढेको छ। घटनापछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको थियो भने झडपको कारण र घटनामा संलग्न व्यक्तिहरूबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।











प्रतिक्रिया