सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटि स्पामा छुट


काठमाडौं।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रांक्यूलिटि स्पाबीच बैंकका ग्राहक तथा कर्मचारीलाई विभिन्न सेवामा छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार बैंकका कर्मचारीले व्यक्तिगत स्पा सेवामा २५ प्रतिशत र व्यक्तिगत ब्युटी सेवामा १५ प्रतिशत छुट पाउनेछन्। त्यस्तै, बैंकका ग्राहकले व्यक्तिगत स्पा सेवामा २० प्रतिशत तथा व्यक्तिगत ब्युटी सेवामा १५ प्रतिशत छुट सुविधा प्राप्त गर्ने बैंकले जनाएको छ।

सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंकका वरिष्ठ नायब महाप्रबन्धक अपूर्वप्रसाद जोशी र ट्रांक्यूलिटि प्रालिकी लर्निङ एन्ड डेभलपमेन्ट म्यानेजर निर्मला भोछिभोयाले हस्ताक्षर गरेका छन्।

बैंकका अनुसार उक्त सम्झौता २०८३ साउनदेखि दुई वर्षसम्म लागू हुनेछ। यसबाट बैंकका ग्राहक तथा कर्मचारी लाभान्वित हुने विश्वास लिइएको छ।

सांग्रिला डेभलपमेन्ट बैंकले हाल देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।