काठमाडौं।
रिलायन्स फाइनान्स लिमिटेडले कर्मचारीबीच आपसी सद्भाव, सहकार्य क्षमता र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको प्रथम फुटसल प्रतियोगिता सम्पन्न गरेको छ।
प्रतियोगितामा फाइनान्सका विभिन्न शाखाबाट चार टोलीको सहभागिता रहेको थियो। सहभागी टोलीमा रिलायन्स फुटसल लायन्स, रिलायन्स फुटसल लर्ड्स, रिलायन्स फुटसल लिगेसी र रिलायन्स फुटसल लिडर्स रहेका थिए।
कार्यक्रममा फाइनान्सका उच्च व्यवस्थापन, कर्मचारी तथा अन्य अतिथिसहित करिब १०० जनाको उपस्थिति रहेको थियो। प्रतियोगितामा रिलायन्स फुटसल लायन्स विजेता बनेको थियो भने रिलायन्स फुटसल लिगेसी उपविजेता बनेको थियो।
विजेता तथा उपविजेता टोलीका खेलाडीलाई फाइनान्सका प्रमुख कार्यकारी अधिकृत डा. बुद्धि मल्ल र उपप्रमुख कार्यकारी अधिकृत रामहरी आचार्यले पदक प्रदान गरेका थिए। विजेता टोलीलाई नगद पुरस्कारसमेत प्रदान गरिएको फाइनान्सले जनाएको छ।
प्रतियोगितापछि टोलीका कप्तानहरू अखण्ड श्रेष्ठ, अभिषेक केसी, प्रमोद प्रजापति र दिक्पाल श्रेष्ठले यस्ता खेलकुद गतिविधिले कर्मचारीको शारीरिक तन्दुरुस्तीका साथै टोलीगत भावना र सहकार्यलाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए।
फाइनान्सका अनुसार यस्ता कार्यक्रमले कर्मचारीको प्रतिभा पहिचान गर्ने अवसर प्रदान गर्नुका साथै नियमित कार्यभन्दा फरक वातावरण सिर्जना गरी संस्थामा सकारात्मक प्रभाव पार्ने भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।











प्रतिक्रिया