नवलपरासी
निकुञ्ज सुरक्षार्थ मानवीय जनशक्तिलाई उत्तिकै साथ र सहयोग दिदै आएकाे २२ वर्षीय कृष्णप्रसाद गजकाे अझै माद घटेको छैन् ।
शारीरिक भन्नेकी प्राकृतिक अवस्था याैवन चढ्दै जाँदा कृष्णगजले गत बैशाख देखिनै हल्का फुल्का बैंशालु माद देखाउन थालेकाे माउते (महावत) शिकिन्दर चाैधरीले बताए ।
चाैधरीका अनुसार गत असार २२ गते निकुञ्जकै काममा खटिएका बेला कृष्षगजले आँफू बस्दै आएकाे बादरझुला पाेष्टबाट उत्तर तर्फ जाँदै गर्दा माउतेकाे निर्देशनलाई अवज्ञा गर्दै झर्काे फर्काे गर्न थालेपछि नजिकैको दिव्यपुरी पाेष्टमा ल्याएर बाँधिएकाे हाे ।
बैंशकाे उन्मादले मत्ता भएकाे कृष्णगजले हाेस हवासै गुमाएर माउतेलाई पनि नटेरी आक्रमण गर्न थालेपछि उ अहिले ठूलै रूखकाे फेदमा बढेमानकाे सिक्रीमा जकडिएकाे छ ।
याैन कुण्ठा र मादले लठ्ठीएकाे कृष्णगजले आँख नजिकाे भाग कनपटी बाट निरन्तर माद रस चुहाई रहेको छ भने उक्त माद आफ्नै मुखमा पुग्दा त झनै उत्तेजित भई बाँधेकै बुटाे हान्ने गरेको माउते शिकिन्दरले बताए ।

उनले भने सुरू सुरूमा त घाँस पानी नै खाएन तर अहिले दिएकाे खाने खुराक र १०/१५ बाल्टी पानी दिनहुँ पिउन थालेकाे छ,ज्यान पनि केही फेरिएर राम्राे हुँदैछ तर रिस र माद भने घटेको छैन् ।
चितवन राष्ट्रिय निकुञ्जमा अढाई दशक बढी सेवा गरी सकेका चाैधरीले कृष्ण जन्मनु अघि उसैकी आमा देबीकलीकाे सेवा सुसार गर्थे,जंगल चराउथे र निकुञ्जकाे काममा संगसंगै खटिन्थे ।
यसै क्रममा निकुञ्ज भीत्रकै जंगली भाले हात्तीबाट गर्भवती भएकी देबीकलीले २०६१ भाद्रकृष्ण जन्माष्टमीका दिन छावा जन्माए पछि उही छावाकाे नाम कृष्णप्रसाद गज राखिएकाे माउते शिकिन्दरले बताए ।
भर्खर जन्मिएकाे पुन्टुरे कृष्णगज आमा देबीकलीकाे काखमा हुर्कदै माउतेसंगै खेल्दै र रमाउदै ठूलाे हुँदै गए पछि निकुञ्ज प्रशासनले कृष्णगजकाे रेख देख तथा तालिम गराउने सम्मकाे सबै जिम्मेवारी पनि उनै शिकिन्दरलाई दिएकाे थियाे ।
जुन जिम्मेवारी शिकिन्दरले कृष्ण जन्मनु अघि देबीकलीकै रेखदेखमा निभाएका थिए भने कृष्ण गजका लागि हाल सम्म अनव्रत निभाउदै आएकाछन् ।
निकुञ्ज र वन्यजन्तुका संरक्षक राष्ट्र सेवक शिकिन्दर देवीकलीलाई पनि उत्तिकै माँया र सम्मान प्रकट गर्दछन् । आमा देबीकली उहाँ अझ जिवितै हुनुहुन्छ,उहाँकै छावा कृष्णगज म वहाँलाई पनि दिनहुँ दाना पानी दिदै छु एक दिन त पक्कै कृष्णकाे माद घट्ला नि अनि संगै पाेष्ट फर्कने हाे शिकिन्दरकाे भनाई थियाे ।
बताईए अनुसार जवान हात्तीमा माद चढे पछि उसले पाेथी हात्तीसंग संसर्ग गर्न पाए उसकाे माद क्रमशःघट्दै जाने गर्दछ, तर निकुञ्जकाे सुरक्षा र व्यवस्थापनमा खटिएका सरकारी हात्तीकाे भेट न त जंगली न सरकारी वा घरपालुवा कसै संग पनि भेट्ने अवस्था रहदैन् ।
निकुञ्ज स्राेतका अनुसार सरकारी भाले हात्तीलाई चितवनमा प्रजननका लागि प्रयाेग गरिदैन पनि त्यसैले भाले हात्तीकाे माद छुटाउन बाधेरै राख्ने एउटै मात्र बिकल्प हाे जुन बिधि कृष्णगज माथि अपनाईएकाे छ ।
उसाे त पाेथी हात्ती नपाउदाकाे अवस्थामा आफ्नै सेराेफेराेमा शक्तिशाली अर्काे मत्ताकाे संकेत वा गर्जनले पनि कति पयकाे माद आफै घट्ने हुन्छ अन्यथा मत्ता हात्तीको माद घट्न १ देखि ६ महिना सम्म लाग्ने गरेको कतिपय भेटेनरी डाक्टरहरूकाे भनाई रहेको छ ।











प्रतिक्रिया