काठमाडौं।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले शासकीय अनुभव नभएका व्यक्तिहरू सरकारको नेतृत्वमा पुगेका कारण देश संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको आरोप लगाएका छन्।
पार्टीका प्रदेश कमिटीका पदाधिकारी तथा ‘मिसन पार्टी जागरण’का केन्द्रीय प्रतिनिधिहरूसँग सोमबार भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार सुरुदेखि नै पूर्वाग्रह र प्रतिशोधको भावनाबाट अघि बढेको दाबी गरे।
पोखरेलले अहिले विभिन्न स्वार्थ समूहहरू सक्रिय बन्दै गएको उल्लेख गर्दै सरकारले नियम–कानुनलाई बेवास्ता गर्दै स्वेच्छाचारी शासन व्यवस्थातर्फ उन्मुख भएको आरोप लगाए।
उनले राजनीतिक परिस्थिति थप जटिल बन्न सक्ने संकेत गर्दै पार्टीका मातहत कमिटीलाई “कुनै पनि बेला सडक आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने भएकाले त्यसका लागि तयार रहन” निर्देशन दिएका छन्।
महासचिव पोखरेलको पछिल्लो अभिव्यक्ति सरकारविरुद्ध एमालेले आफ्नो राजनीतिक दबाब बढाउने रणनीतिको संकेतका रूपमा हेरिएको छ।











प्रतिक्रिया