गायक गायिका मोतीराज खनाल र यशोदा कार्कीको स्वरमा भावनात्मक गीत बैगुनी मायालु सार्वजनिक गरिएको छ। प्रेम, पीडा, विछोड र भावनात्मक संघर्षलाई केन्द्रमा राखेर तयार पारिएको गीतले दर्शक तथा श्रोतामाझ विशेष चर्चा बटुल्ने अपेक्षा गरिएको छ।
गीतमा गायक गायिका खनाल र कार्कीको मन छुने स्वर रहेको छ भने शब्द रचना शंकर घिमिरे र विश्वास घिमिरेको छ। गीतको लय गायक खनालकै छ भने संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन्। गीत मालाश्री डिजिटल रेकर्डिङ स्टुडियोमा सागर बाजुरालीले सम्पादन र मिक्सिङ खडक बाजुरालीले गरेका छन्। गीतको म्युजिक भिडियोमा विश्वास घिमिरे, बिन्दु आचार्य, अनिशा बेल्बासे र विशेष घिमिरेको अभिनय छ। गीतको भिडियोको निर्देशन स्वयं घिमिरेले गरेका छन्। छाया“कन र सम्पादन सञ्जय पाठकले गरेका छन्।
गाउँघरको मौलिक परिवेश, हरियालीले भरिएको प्राकृतिक वातावरण तथा प्रेम र बिछोडको पीडालाई भिडियोमा अत्यन्त संवेदनशील ढंगले प्रस्तुत गरिएको छ।
२०६१ सालदेखि सांगीतिक यात्रामा सक्रिय रहेका गायक खनालले कला र संगीतको माध्यमबाट समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै आएका छन्। उनका सुपा देउराली भजन, मालारानी भजन, यो दिलस“ग त्यो दिल गांसौंला, ऋण बढेर दोब्बर भइसक्यो, संगै सुते लाग्छ गोडामा, लालीगुराँस फुल्यो मायालु, आऊ बस आडैमा, चालीस कटेसी, क्या राम्री पुतली, पैसाको बिटो, यो सन्देश पठाइदेऊ मेरी सानीलाई, बिर्सुं कसरीलगायतका गीत नेपाली संगीत बजारमा रुचाइएका सिर्जना हुन्।











प्रतिक्रिया