टोप्स फुटसल आजदेखि


काठमाडौं।

टोप्सको वार्षिक कार्यक्रमअनुसार संस्कृति शिक्षा सदनको आयोजनामा १० औं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।
प्रतियोगितामा सिनियर÷जुनियर ब्वाइज तथा सिनियर गल्र्समा गरी ३ विधामा प्रतिस्पर्धा हुने टोप्सका अध्यक्ष भरतमणि पोखरेलले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगितामा १५ टिमको सहभागिता रहने तेजस्वी एकेडेमीका प्रिन्सिपल थिरबहादुर बस्नेतले जानकारी दिए । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने छ । चारदिने प्रतियोगिताका खेलहरु तार्केश्वर नगरपालिकाको लोलाङस्थित आयोजक संस्कृतिमा हुनेछ ।