उद्योगी प्रकाश मुन्दडाको घर र अफिसमा प्रहरीको छापा


काठमाडौँ।

विराटनगरको औद्योगिक घराना देवनरा समूहको घर र अफिसमा प्रहरीले छापा मारेको छ ।

विराटनगर महानगरपालिका–७, मेघराज मार्गमा अवस्थित प्रकाश मुन्दडाको घरमा पुगेको प्रहरी टोलीले खानतलासी गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले साेमबार बिहान पौने ५ बजेदेखि घरमा घेरा हालेर खानतलासी गरेको थियाे। यो समूहका मुख्य सञ्चालक उद्योगी प्रकाश मुन्दडा हुन् ।

उनले बाबा रिफाइनरी, जेजे ज्वेलर्स, बाबा जुट मिल, हाइलाइफ चप्पललगायत उद्योग सञ्चालन गर्दै आएका छन् । उनले साबुन लगायतका उद्योगमा पनि संयुक्त रूपमा लगानी गरेका छन् । मुन्दडा मोरङ उधोग व्यापार संघका पूर्वअध्यक्ष समेत हुन् । गोल्छा मोडदेखिको पण्डित मेघराज शर्मा मार्गसम्म प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।