पेसएक्स फुटसलको उपाधि मेन्टेनलाई


काठमाडौँ, (नेस)

पेसएक्स स्पोट्र्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ । बुढानीलकण्ठस्थित कपन स्पोट्र्स सेन्टरमा सम्पन्न रोमाञ्चक फाइनल खेलमा मेन्टेनले होराक एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । विजेता मेन्टेनले नगद १ लाख ११ हजार १ सय ११ तथा उपविजेता होराकले ५१ हजार १ सय ११ पुरस्कार जिते । तेस्रो स्थान हासिल गरेको ठमेल ११ ले रु २१ हजार १ सय ११ पुरस्कार पाएको थियो ।