काठमाडौं, (नेस) ।
पेसएक्स स्पोट्र्सको आयोजनामा जारी ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिताका फाइनल खेल आज नै हुने भएको छ । आइतबार फाइनलको खेल हुनअघि क्वार्टरफाइनल र सेमिफाइनलका खेलहरू पनि सञ्चालन हुनेछन् ।
विजेता टोलीःले एक लाख ११ हजार १११ नगद पुरस्कार प्राप्त गर्नेछ । यस्तै, उपविजेता टोलीले ५१ हजार १११ रुपियाँ प्राप्त गर्नेछ भने तेस्रो स्थानमा रहने टोलीलाई नगद २१ हजार १११ दिइनेछ । यसबाहेक उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट टोलीलाई पनि आकर्षक ट्रफी दिइने आयोजकले जनाएको छ ।
बुढानीलकण्ठस्थित कुपन स्पोट्र्स सेन्टरमा साउन १५ देखि सञ्चालन भइरहेको प्रतियोगितामा कुल ३२ वटा टोलीको सहभागिता रहेको छ । लिग चरणबाट नकआउट पुग्ने टोलीहरू नोबेल फुटबल एकेडेमी, सेखा एफसी, डाइनामिक एफसी, हिमालयन एफसी, मेन्टेन एफसी, होराक एफसी, कुपन एफसी, वी प्ले एफसी, रोयल नेपाल, फोर एस ब्वाइज चाल्नाखेल, ठमेल ११, एफसी मनकामना, चन्द्रागिरी विकास मञ्च, नव दुर्गा युवा क्लब, एभरेस्ट एफसी (प्रथम) र करुणा एफसी रहेका छन् ।











प्रतिक्रिया