लन्डन, (एजेन्सी) ।
जोए रूट इंंग्ल्यान्ड क्रिकेट टोलीका कप्तानमा फेरि नियुक्त भएका छन् । बेन स्टोक्सले कप्तानी पदबाट राजिनामा दिएपछि रूटलाई पुनः कप्तानीमा फिर्ता बोलाएको हो । उनी चार वर्षपछि फेरि इंग्ल्यान्ड टोलीका टेस्ट कप्तान बनेका हुन् ।
कप्तानमा नियुक्ती भएसँगैं रूटले भारतका महान ब्याटर सचिन तेन्दुलकरको दुई कीर्तिमान तोड्न सक्ने अनुमान लगाइरहेको छ । रूट वर्तमान टेस्ट क्रिकेटमा सबैभन्दा राम्रो ब्याटरको रूपमा परिचित छन् । उनी टेस्ट फॉर्मेटमा लगातार रन बनाइरहेका छन् ।
रूट लगातार ठूल्ठूला कीर्तिमानहरू तोडिरहेका छन् र महान खेलाडीहरूलाई पछाडि पारिरहेका छन् । उनी टेस्ट क्रिकेटमा सबैभन्दा बढी रन बनाउने सूचीमा दोस्रो स्थानमा रहेका छन् । यस सूचीमा उनीभन्दा माथि सचिन मात्रै रहेका छन् । दोस्रो स्थानमा रहेपछि सचिनको विश्व कीर्तिमान खतरामा परेको भारतीय क्रिकेट विज्ञहरूले बताएका छन् ।
सचिनले आफ्नो सुन्दर करिअरमा २ सय टेस्टमा ५१ शतक र ६८ अर्धशतक प्रहार गरेका छन् । उनले १५ हजार ९२१ रन बनाएका छन् । रूटले अहिलेसम्म १ सय ६६ खेलमा ४१ शतकसहित १४ हजार १ सय १४ रन बनाइसकेका छन् । उनी अब, सचिनभन्दा १ हजार ८ सय ७ रनले मात्रै पछाडि छन् ।
सर्वाधिक रनको कीर्तिमानको साथै सचिनको टेस्टमा सर्वाधिक शतकको कीर्तिमान पनि तोडिन सक्नेछ । इग्ल्यान्डले वार्षिक क्यालेन्डरअनुसार टेस्ट सिरिज धेरै खेल्ने गर्दछ । कप्तान बनिसकेपछि रूटले कमसेकम २–३ वर्ष खेल्न सक्नेछ । यसको आधारमा हेर्ने हो भने उनले सचिनलाई पछाडि पार्न सक्नेछन् ।
इंग्ल्यान्डले आगामी अगस्ट–सेप्टेम्बरमा पाकिस्तानविरुद्ध घरेलु मैदानमा ३ खेलको टेस्ट सिरिज खेल्ने कार्यक्रम रहेको छ । यसैगरी इंग्ल्यान्डले आगामी दिसेम्बरमा दक्षिण अफ्रिकाको भ्रमण गर्नेछ । त्यहाँ इंग्ल्यान्डले ३ खेलकै टेस्ट सिरिज खेल्नेछ । यस्तै, आगामी वर्ष मे मा बंगलादेशले इंग्ल्यान्डले एक टेस्ट खेल्नेछ ।
यसपछि जून–जुलाईमा ५ खेलको एशेज टेस्ट सिरिज सुरु हुनेछ । जसमा इंग्ल्यान्डले अस्टे«लियासँग खेल्नेछ । यानि कि रूटले आगामी वर्ष जुलाईसम्ममा १२ टेस्ट खेल खेल्नेछन् । त्यति अवधिसम्ममा रूटले सचिनको कीर्तिमान तोड्न सक्नेछन् ।











प्रतिक्रिया